आगलागीमा परेर चुलीमायाको प्राण गयो

आगलागीमा परेर चुलीमायाको प्राण गयो

ताप्लेजुङमा आगलागीमा परेर एक वृद्धाको ज्यान गएको छ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका-४ मा आज आगलागी हुदाँ ६७ वर्षीया चुलीमाया लिम्बूको प्राण गएको हो ।

कोप्चेको पुरानो गोसलाइनमा भएको आगलागीमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुरक्षा फौज र फुङ्लिङ नगरपालिकाको दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको छ । आगलागी हुनुको कारण खुल्न सकेको छैन ।

स्थानीय रबिन लिम्बुको घरबाट सुरु भएको आगोले छिमेकी संगिता मादेनको घर पूर्णरुपमा क्षति भएको छ ।

टिप्पणीहरू