रुस-युक्रेन युद्धमा ८५ बालबालिका मारिए

रुस-युक्रेन युद्धमा ८५ बालबालिका मारिए

युक्रेनमाथिको रुसी हमलामा परि अहिलेसम्म ८५ बालबालिकाको मृत्यु भएको छ । युद्धका कारण दर्जनौँ बालबालिका घाइते हुनुका साथै कयौँ विस्थापित भएका छन् ।

‘रुसी संघको आक्रमक सैन्य हमलामा १३ मार्चसम्म ८५ बालबालिका मारिएका छन् भने १ सय जना घाइते भएका छन्’ युक्रेनको महान्यायधिवत्ताको कार्यलयले भनेको छ । मारिने र घाइते हुनेमध्ये अधिकांश किभ, खार्किभ, दोनेत्सक, सुमी, खेर्सन, माइकोलिभ र जाइटोमाइर क्षेत्रका छन् ।

पछिल्लो घटनामा युद्धग्रस्त क्षेत्रबाट सुरक्षित क्षेत्रतर्फ जाने क्रममा सर्वसाधारण सवार एउटा कारमा ११ मार्चमा रुसी सेनाले गरेको गोलाबारीमा एक बालक मारिएका थिए । अहिलेसम्म ३ सय ६९ ओटा शैक्षिक संस्थामा क्षति पुगेको ५७ वटा पूर्णरुपमा ध्वस्त भएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

यसैबीच हिजो रुसी सेनाले पोल्यान्डसँगको सीमामा रहेको एउटा युक्रेनी आधारमा हमला गर्दा ३५ जनाको मृत्यु र १ सय ३० जना घाइते भएको बताइएको छ ।

टिप्पणीहरू