युक्रेनी पत्रकारमाथि रुसी अदालतको दण्ड

युक्रेनी पत्रकारमाथि रुसी अदालतको दण्ड

रुस-युक्रेन युद्धको विरोध गर्ने एक जना पत्रकारलाई रुसी अदालतले २ सय ८० डलर जरिवाना सुनाएको छ । ‘युद्ध होइन’ लेखिएको प्लेकार्ड प्रदर्शन गर्ने टेलिभिजन सम्पादकलाई अदालतले यस्तो सजाय तोकेको हो ।

सम्पादक म्यारिना ओभस्याननिकोभाले टेलिभिजनमा समाचार प्रसारण भइरहेका बेला समाचार वाचिकाको पछाडि उभिएर ‘युद्ध होइन’ लेखिएको प्लेकार्ड देखाएकी थिइन् । सो समाचार क्लिप विश्वभर भाइरल भएको थियो । युक्रेनी मूलकी उनले बोकेको प्लेकार्डमा लेखिएको थियो, ‘युद्ध होइन । युद्ध रोक । प्रोपोगान्डामा विश्वास नगर । तपाईंलाई उनीहरुले यहाँ ढाँटेका छन् ।’

ओभस्याननिकोभाले अदालतसामु आफू दोषी नभएको बताइन् । उनले न्यायाधीशअगाडि भनिन्, ‘म अझै पनि विश्वस्त छु कि रुसले अपराध गरिरहेको छ ।’

रुसी अधिकारीहरुले आफूलाई १४ घन्टासम्म सोधपुछ गरेको पनि उनले बताइन् ।

टिप्पणीहरू