सयौं कुखुराका चल्ला खाल्डोमा पुरियो

सयौं कुखुराका चल्ला खाल्डोमा पुरियो

सशस्त्र प्रहरी बलले कपिलवस्तुमा अवैध ब्रोईलर कुखुराका चल्ला नष्ट गरेको छ । कृष्णनगर नगरपालिका वडा १२ नरैनापुरमा भारतबाट अवैध रूपमा भित्रिएका १५ सय वटा चल्ला प्रहरीले आज नष्ट गरेको हो ।

ती चल्लाको मूल्य एक लाख २० हजार रुपैयाँ पर्ने सशस्त्र प्रहरीको अनुमान छ । तर अवैध चल्ला ल्याउने मान्छे फरार भएकाले उनीहरुको खोजी कार्य भइरहेको बताइन्छ ।

विशेष सुराकीको अधारमा सशस्त्रको बीओपी कृष्णनगरका सशस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्य र बीओपी विजयनगरबाट सशस्त्र प्रहरी निरीक्षक कृष्ण केसीको कमाण्डमा खटिएको टोलीले ती चल्ला बरामद गरेको हो ।

उक्त बरामद गरिएको चल्लालाई बीओपी कृष्णनगरको हातामा स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को दफा ८ र ९ अनुसार खाल्डो खनेर नष्ट गरिएको हो ।

टिप्पणीहरू