न्युजिल्याण्डले पनि सीमानाका खुलाउने तयारी गर्यो
न्युजिल्याण्ड सरकारले विदेशी पर्यटकको निम्ति आफ्नो मुुलुको सीमानाका खोल्ने तयारी गरेको छ । मुलुकको आर्थिक अवस्थामा सुधार ल्याउन सरकारले सीमानाका खोल्ने निर्णय गरेको हो । प्रधानमन्त्री जसिन्डा आर्डनले पहिले केही सीमित मुलुकका नागरिकलाई प्रवेश दिने निर्णय भएको बताएकी छन् ।
उनका अनुसार पहिले खोप लगाएका आफ्ना नागरिकलाई अप्रिल १२ देखि न्युजिल्याण्ड प्रवेश गर्न दिइनेछ । साथै, उनीहरुका लागि क्वारेन्टिन बस्नुपर्ने व्यवस्थाको पनि अन्त्य गरिएको छ ।
त्यसैगरी, संयुक्त राज्य अमेरिकासहित भिसा नचाहिने देशहरूबाट खोप लगाइएका पर्यटकहरूले मे १ बाट प्रवेश पाउनेछन् । त्यसपछि चरणबद्ध रुपमा अन्य मुलुकको लागि प्रवेश गर्न दिइने बताइएको छ ।
न्युजिल्याण्डमा कोभिडका कारण हालसम्म एक सय बढीको ज्यान गएको छ । उसले सन् २०२० को मार्चदेखि आफ्नो सीमानाका पूर्णरुपमा बन्द गर्दै आएको छ ।
टिप्पणीहरू