घमण्ड नगर्नु भन्दै चोरले सुन फिर्ता गर्यो

घमण्ड नगर्नु भन्दै चोरले सुन फिर्ता गर्यो

कैलालीको गोदावरी नगरपालिकास्थित एक घरबाट चोरी भएको सुन करिब चार महिनापछि चोरले फिर्ता गरेको छ । स्थानीय वनखेत बस्ने नवीन साहुको घरबाट मंसिर १४ गते हराएको सुन चोरले घर अगाडि प्रेसर कुकरभित्र राखेर फिर्ता गरेको हो ।

प्रहरीका अनुसार उनको घरबाट हराएको नौ तोला सुनमध्ये चार तोला चोरले फिर्ता गरेको छ । उक्त सुन खतरा भनेर उनकै घर अगाडि कुकरभित्र राखिएको प्रहरीले बताएको छ ।

सोही कुकरभित्र सुनसँगै लेखिएको चिट पनि फेला परेको प्रहरीले जनाएको छ । त्यसमा घरधनीलाई धम्किपूर्वक आफूलाई ठूलो नसम्झिनु भन्दै चेतावनी दिएको प्रहरीको भनाइ छ ।

आफूलाई ठूलो नसम्झिनु ? घमण्ड नगर्नु ? समाजमा मिलेर बस्नु ? जस्ता चेतावनीको भाषामा उक्त चिट लेखिएको छ ।

टिप्पणीहरू