दुई पक्षबीचको गोली हानाहानमा १९ जना ठहरै

दुई पक्षबीचको गोली हानाहानमा १९ जना ठहरै

मेक्सिकोमा आयोजित एक जमघटमा दुई पक्षबीच गोली हानाहान हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार बिहान साढे १० बजे भएको उक्त घटनामा १९ जनाको मृत्यु भएको र अन्य दर्जनौं घाइते भएको सरकारी अधिकारीहरुले बताएका छन् ।

घटनामा मारिनेहरुमा १६ जना पुरूष र तीन जना महिला छन् । मध्य मेक्सिकोको मिकोआक्यान राज्यको लस टिनाजा शहरमा भइरहेको एउटा समारोहमा दुई समूहबीच विवाद भएपछि गोली चलेको हो ।

घटनबारे विस्तृत जानकारी प्राप्त नभएको स्थानीय समाचार एजेन्सीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

टिप्पणीहरू