डसना उद्योगमा लागेको आगो बल्ल नियन्त्रणमा

डसना उद्योगमा लागेको आगो बल्ल नियन्त्रणमा

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ मा रहेको बिस्मिल्ला सिरक डसना उद्योगमा लागेको आगो नियन्त्रणमा आएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी, स्थानीयवासी तथा सन्धिखर्क नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।

उद्योगमा कपडा फिट्ने मेसिन तातेर आगो लागेको हुन सक्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख अमर थापाले जानकारी दिएका छन् ।

आगलागीका कारण दुई मेसिनसहित केही सिरक डसना जलेको थापाले जानकारी दिए ।

टिप्पणीहरू