‘लर्निङ एण्ड अर्निङ’ का लागि विद्यालय छानियो

‘लर्निङ एण्ड अर्निङ’ का लागि विद्यालय छानियो

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ‘लर्निङ एण्ड अर्निङ’ कार्यक्रमका लागि एकसय ४० विद्यालयको नाम सार्वजनिक गरेको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि एक सय ४० विद्यालय छनोट गरिएको हो ।

शिक्षा मन्त्रालयले मुलुकभरका स्थानीय तहमार्फत् सामुदायिक विद्यालयसँग प्रस्ताव मागेपछि चैत ८ गते बसेको निर्देशक समितिको बैठकले ती विद्यालयको नाम छनोट गरेको हो ।

छनोट भएका विद्यालयलाई सरकारले अनुदान रकम दिनेछ । सोही अनुदान रकमका आधारमा विद्यार्थीलाई पढ्दै, कमाउँदै अभियानमा सामेल गराइनेछ ।

प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गर्दै सरकारले पढ्दै कमाउँदै कार्यक्रम लागू गर्ने गरी कार्यविधि बनाएको छ ।

टिप्पणीहरू