मनाङमा हतियार बोक्ने कति होलान् ?

मनाङमा हतियार बोक्ने कति होलान् ?

४ हजार जनसंख्या भएको मनाङ्गमा जिल्ला प्रशासन कार्यालयले इजाजत लिएर राखिएका हतियार बुझाउन निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले जारी गरेको सूचनामा इजाजत लिएर राखिएका हतियार बुझाउन निर्देशन दिइएको हो ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर इजाजत लिएर राखिएका हतियार चैत मसान्तसम्म जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा बुझाउन आग्रह गरिएको छ ।

तोकिएको समयमा हतियार नबुझाएमा कानुनबमोजिम कारबाही हुने सूचनामा उल्लेख छ ।

टिप्पणीहरू