कोभिड–१९ः किन यस्तो भयो अमेरिकाको हालत !
हाल विश्वभरि महामारीको रुपमा फैलिएको (कोभिड–१९) को संक्रामक भाइरसले लगभग एक हप्तादेखि अमेरिकालाई फस्र्ट ! बनाएको छ । यो भाइरस सुरुमा चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहानबाट सन् २०१९ को डिसेम्बर अन्तिमतिर पत्ता लगेको थियो । तर, सन् २०२० को जनवरी पहिलो हप्तामा केही पातलो रुपमा फैलिन थालेको थियो । सो भाइरसलाई सुरुमा ‘नोबेल कोरोनाभाइरस डिजिज–२०१९’ नाम दिईएको थियो । तर, अहिले प्रायः सबै देशले ‘कोभिड–१९’ भनेर चिन्ने गरेको छ । यो भाइरसले हालसम्म २०३ देशलाई गाँजेको छ भने, संयुक्त राष्ट्र संघ अन्तर्गत रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले (कोभिड–१९) लाई विश्वभरि फैलिएको महामारी (प्यान्डेमिक) भनी घोषण गरी सकेको छ ।
चीनको दक्षिण–पूर्वी प्रान्त हुपेई प्रान्तको राजधानी वुहानबाट सन् २०२० को जनवरी पहिलो हप्तामा केही पातलो रुपमा फैलिन सुरु भएको (कोभिड–१९) नामक संक्रामक रोगले सुरुमा चीनको भाइरस सुरुमा चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहानबाट सन् २०१९ को डिसेम्बर अन्तिमतिर पत्ता लागेको यो महामारीले चीनको वुहान सहरबाहेक अन्यत्र खासै असर गरेन । यसको खास कारण चीनले सुरुमै वुहान सहरलाई लकडाउन गर्नु नै रहेको थियो ।
तर, चीन सरकारको यस्तो कार्यले चिनियाँ जनताहरुको मानवअधिकार हनन् भएको भनी अमेरिका र केही पश्चिमी देशहरुले विरोध गरेका थिए । त्यति गर्दा पनि आज यो (कोभिड–१९) महामारी पैmलिएर विश्वको लगभग सबै देशमा फैलिएको अवस्था छ भने, आजभन्दा २ दिनअघिको तथ्यांक (सन् २०२०, अप्रिल २, ग्रिनविच मिन टाइम (जिएमटी) ०७ः२४ बजे सम्मको) हेर्दा विश्वका ९ लाख ३७ हजार १०० भन्दा बढी मानिसलाई बिरामी बनाएको थियो । त्यस्तै विश्वका विभिन्न देशका ४७ हजार ३०० हाराहारी मान्छेहरुले आफ्नो अमूल्य ज्यान गुमाएका थिए भने, लगभग १ लाख ९५ हजार मान्छेहरु यो महामारीको उपचार गराएर र, पूर्ण रुपमा निको भएर घर फर्केका थिए । तर, आज (२ दिनपछि) नै (कोभिड–१९) को संक्रामक रोगको महामारीले विश्वका ११ लाख १८ हजार ६०० भन्दा बढी मानिसलाई बिरामी बनाएको छ । त्यस्तै विश्वका विभिन्न देशका ६० हजार ३०० हाराहारी मान्छेहरुले आफ्नो अमूल्य ज्यान गुमाई सकेका छन् भने, लगभग २ लाख २९ हजार ३०० मान्छेहरु यो महामारीको उपचार गराएर र, पूर्ण रुपमा निको भएर घर फर्केका छन् । यो तथ्यांक वोल्र्डोमिटरले प्रकाशित गरेको सन् २०२० अप्रिल ४, ग्रिनविच मिन टाइम (जिएमटी) ०७ः४२ सम्मको हो ।
सुरुमा चीनमा मात्रै (कोभिड–१९) को संक्रमण देखा पर्दा केही देशहरुले जस्तै अमेरिका लगायत केही पश्चिमा देशहरुले खुच्चिङ भनेझैँ गरेका थिए । तर, आज तिनै देशहरुलाई समेत (कोभिड–१९) को संक्रमणको भाइरसले बढी ग्रस्त बनाएको छ । उनीहरुकै देशको जनधनको बढी क्षति गराएको छ । जस्तो अमेरिकालाई नै हेरौं । (कोभिड–१९) को संक्रमणलाई सुरुमा अमेरिकाले केही होइन, आपैm सबै ठीकठाक हुँदै जान्छ ! भनेझैँ गरेर बस्यो । अझ राष्ट्रपति ट्रम्पले त यसबारेमा प्रश्न गर्ने केही अमेरिकी पत्रकारहरु र (कोभिड–१९) को संक्रमणले अमेरिकालाई प िअछूतो नराख्ने भन्दै वेलैमा सचेत रहन आग्रह गर्ने वा भनौं सुझाव दिने अमेरिकाको नीति निर्माण तहमा बसेका केही वरिष्ठ कर्मचारीहरुलाई नै हप्काएका थिए । यसरी हेर्दा अमेरिका खास गरी राष्ट्रपति ट्रम्पले ‘अरुलाई खाने बाघले आपूmलाई पनि खान सक्छ !’ भन्ने हेक्का नराख्दा अहिले आएर अमेरिकाले (कोभिड–१९) भाइरसका कारण धनजनको धेरै ठूलो क्षति व्यहोर्दैछ ।
जस्तो कि लगभग २ हप्ता अघिसम्म अमेरिकामा (कोभिड–१९) को खासै प्रभाव थिएन । तर, आजभन्दा ८÷९ दिनपछि नै इटलीपछिको दोस्रो बढी प्रभावित देशको रुपमा थियो, अमेरिका । आजका मितिसिम्म आई पग्दा त अमेरिकामा २ लाख ७७ हजार ५०० भन्दा बढी मानिसहरु प्रभावित भएका छन् भने ७ हजार ४०३ जनाले ज्यान गुमाएका छन् । यसरी हेर्दा मानवीय क्षति धेरै व्यहोर्ने इटली १४ हजार ६८१, स्पेन ११ हजार १९८ पछि अमेरिका तेस्रो भइसकेको छ । स्मरणीय छ, अमेरिकामा आजको मितिसम्म (कोभिड–१९) को संका्रमक भाइरसकोे महामारीका कारण ७ हजार ४०३ जनाले ज्यान गुमाएका छन् । यो तथ्यांक पनि माथि नै उल्लेखित वोल्र्डोमिटरले प्रकाशित गरेको अप्रिल ४, ग्रिनविच मिन टाइम (जिएमटी) ०७ः४२ सम्मकै हो ।
यसरी हेर्दा (कोभिड–१९) को संका्रमक भाइरसकोे महामारीले विस्तारै अमेरिकालाई पनि गाँज्न सक्छ, सावधान ! भनी सुरुमै चेतावनी दिने चीन र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को चेतावनीलाई मनन् गर्दै अमेरिकाले सुरुमै सचेतता र सजगता अपनाएको भए हाल आएर उसले यो स्तरमा जनधनको क्षति व्यहोर्नुपर्ने थिएन । तर, उल्टै राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका समर्थन गर्ने ‘फक्स न्युज !’ लगायत केही अमेरिकी मिडियाहरुले नै (कोभिड–१९) को संका्रमक भाइरसले अमेरिकालाई पनि नराम्रोसँग गाँज्न सक्छ, सावधान रहौ, वेला छँदै होसियार गरौंं ! भनी चेतावनी वा भनौं सुझाव दिने अमेरिकी मिडिया तथा नीति निर्माण तहमा रहेका केही वरिष्ठ कर्मचारीहरुलाई उल्टै खिसी–टिउरी मात्रै गरेनन् हप्काउन समेत पछि परेनन् ।
कतिसम्म भने यसरी चेतावनी वा भनौं सुझाव दिने आप्mनै देशका डाक्टर लगायत विशेषज्ञहरुलाई समेत अमेरिका विरोधी वा भनौं राष्ट्रपति ट्रम्पको विरोधीको बिल्ला भिराउनेतर्पm अग्रसर भएका थिए । जसको फलस्वरुप अबको केही दिनमै (कोभिड–१९) को संक्रामक भाइरसको महामारीका कारण मानवीय क्षति व्यहोर्ने (बिरामी मर्ने !) देशमा पनि अमेरिका नै फस्र्ट ! अर्थात् पहिलो हुने अवस्था आउन सक्छ । यसरी हेर्दा विश्वकै ‘सुपरमेसी म मात्रै हुँ, अरु कोही छैन !’ भन्ने अमेरिकाको घमण्डलाई एउटा अदृश्य र सामान्य लाग्ने (कोभिड–१९) नामक संक्रामक भाइरसले तोडेको … ।
आजसम्म (कोभिड–१९) को संक्रामक भाइरसका कारण बिरामी हने देशमा मात्रै पहिलो हुँदै गरेको अमेरिका मानवीय क्षति व्यहोर्ने (बिरामी मर्ने !) देशमा पनि फस्र्ट ! अर्थात् पहिलो हुने अवस्था आउन सक्छ । किनभने, गत मार्च ३ मै अमेरिकाका एक जना भाइरल रोग विज्ञ डाक्टर (एन्थोनी फाउच) ले (कोभिड–१९) को संक्रमणबाट अमेरिकामा १ देखि २ लाख जनाको ज्यान जान सक्ने र ९ देखि १० लाख अमेरिकीहरु प्रभावित वा भनौं बिरामी हुन सक्ने बताई सकेका छन् ।
अन्तमा कामना गरौं, अमेरिकी सरकार र ती देशका जनताहरुले त्यस्तो भयाभह ! अवस्थाको सामना गर्न नपरोस् !!!
टिप्पणीहरू