विदेशमा अध्ययन गर्ने मौका क–कसले पाए ?

विदेशमा अध्ययन गर्ने मौका क–कसले पाए ?

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैदेशिक अध्ययनका लागि १० जना कर्मचारीलाई मनोनयन गरेको छ ।

गत बिहीबारको सचिवस्तरीय निर्णयले अष्ट्रेलियन अवार्ड छात्रवृत्तिका लागि १० जना कर्मचारीहरुलाई मनोनयन गरेको हो । मनोनित भएकामध्ये सुनिता तुम्वाङ्फे, सानमाया रम्तेल, विकास डंगोल, शर्मिला न्यापौने, राजीव पन्थी, नित्यराज भट्टराई हुन् ।

त्यसैगरी, अनुज घिमिरे, तेजुराम सुनार, प्रवेश पौडेल, गणेश ढकालले पनि अष्ट्रेलियन अवार्ड छात्रवृत्ति प्राप्त गरेका हुन् । छात्रवृत्ति मनोनयनमा परेकाहरुले दुई वर्ष अष्ट्रेलियामा अध्ययन गर्न पाउँछन् ।

मन्त्रालयले मनोनित सबैलाई पराराष्ट्र मन्त्रालयको दक्षिण एसिया तथा प्रशान्त महाशाखामा सम्पर्क गर्न भनेको छ ।

[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/04/20220404034919.pdf”]

टिप्पणीहरू