प्रधानमन्त्रीका छोरा कराएपछि प्रतिबन्ध फुक्यो
श्रीलंका सरकारले शनिबार फेसबुक, ट्विटर,इन्स्टाग्राम,ह्वाट्सएप, युट्युबलगायतका सामाजिक सञ्जालमाथि लगाएको रोक हटाएको छ । प्रधानमन्त्री महिन्दा राजापाक्षेका छोरा नमल राजापाक्षेले उक्त प्रतिबन्धविरुध्द बोलेपछि हिजैदेखि प्रतिबन्ध हटाइएको हो ।
राष्ट्रपति गोटाबाया राजापाक्षेले भर्खरै मुलुकका सबै राजनीतिक दललाई सरकारमा सहभागी हुन र राष्ट्रिय संकटको समाधान खोज्न अनुरोध गरेका छन् । उनले ‘आफ्ना नागरिक र भावी पुस्ताको हितमा काम गर्न,’आग्रह पनि गरेका छन् ।
टिप्पणीहरू