विश्व बैंकका क्षेत्रीय निर्देशकले श्रममन्त्रीलाई भेटे

विश्व बैंकका क्षेत्रीय निर्देशकले श्रममन्त्रीलाई भेटे

विश्व बैंकका क्षेत्रीय निर्देशक लीन वेन्जले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग शिष्टाचार भेट गरेका छन् । बैंकको प्रतिनिधिमण्डलले श्रममन्त्री श्रेष्ठसँग आज मन्त्रालयमा भेटघाट गरेको हो ।

भेटमा मन्त्री श्रेष्ठले आन्तरिक रोजगारीका लागि सरकारले लिएको रणनीति कार्यान्वयनमा विश्व बैंकको सहयोग महत्वपूर्ण रहेको बताउदै आन्तरिक रोजगारी सिर्जना गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमसँग आबद्ध युवा रोजगारीका लागि रुपान्तरण सम्बन्धी आयोजनामा विश्व बैंकले गरेको सहयोगका लागि धन्यवाद दिएको बताइएको छ ।

नेपालको प्रमुख दातृ निकाय रहेको विश्व बैंकले बेरोजगारहरुको वैयक्तिक विवरण, ज्ञान, सीप र अनुभव, रोजगारीको सम्भाव्य क्षेत्र तथा श्रम बजारका माग र आपूर्ति पक्ष समेतको विवरण एकीकृत गरी रोजगार व्यवस्थापन सूचना प्रणालीको स्तरोन्नतीका लागि सहयोग गरेको छ ।

जवाफमा क्षेत्रीय निर्देशक लीनले सरकार, विकास साझेदार र निजी क्षेत्रसँग सहकार्य गरी विपन्न तथा जोखिमपूर्ण जीवनयापन गरेका नेपाली जनतालाई सहयोग गर्न विश्व बैंक तयार रहेको जानकारी दिएका छन । उनले नेपाल सरकारको आन्तरिक रोजगारी प्रवद्र्धन सम्बन्धी नीति कार्यान्वयनमा बैंकले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

टिप्पणीहरू