जुवाडेको निम्ति वार्षिक ३५ करोड स्वाहा
नेपालले पछिल्लो साढे दुई वर्षमा विदेशबाट ७० करोड रुपैयाँको तास किनेको छ । ती तास चीन,फ्रान्स,हंगेरी,भारत र अमेरिकाबाट ल्याइएका हुन् ।
भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ र २०७८/७९ को फागुन मसान्तसम्म उक्त मूल्य बराबरको तास नेपाल भित्र्याइएको हो । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा मात्र नेपालले १८ करोड ६६ लाख ४३ हजार रुपैयाँको तास आयात गरेको छ ।
दुई वर्षमा नेपालमा ९४ लाख २ हजार एक सय सात प्याकेट तास भित्रिएको हो । ती तास ल्याउँदा सरकारले ९ करोड ८२ लाख ७५ हजार रुपैयाँ राजश्व पनि संकलन गरेको छ ।
टिप्पणीहरू