लकडाउनलाई जेल नठानौं
अहिले सारा विश्लाई कोराना भाइरसले पिरोलिइरहेको छ । पछिल्लो तथ्यांक अनुसार झण्डै ८८ हजारले कोरानाकै कारण ज्यान गुमाइसकेका छन् । १४ लाख ८५ हजार संक्रमित छन् । कोरानालाई जितेर ३ लाख १ हजार २४ जना घर फर्किएका छन् । यही कारण कोरानाले मानिसहरुमा मानसिक समस्या बढ्दैछ । नेपालमा मात्र होइन, विश्वव्यापी रुपमा यसले मानसिक रोगीहरुको संख्या पनि बढाइरहेको छ । मानसिक रोगीको संख्या ०७२ सालको भूकम्प गएको समयमा पनि बढेको हो । हामीले त्यो समयमा जे भेग्यौं । नेपालीले मात्र भोग्यौं । प्रलयको सामाना त्यो समयमा हामीले बाहेक अरु देशले बेहोरेको थिएन् । तर अहिले अवस्था त्यस्तो रहेन । हामीमध्ये धेरैका सन्तान वा आफन्त कोही रोजगारीको सिलसिलामा त कोही अध्ययनका सिलसिलामा विदेश पुगेका छन् ।
कोरानाको माहामारी विश्वभर फैलिएका कारण नेपालमा रहेका आफन्तको मन अमिलो भएको छ परदेशमा रहेका सन्तान वा आफन्तलाई केही तलमाथि पो भइजान्छ कि । उता भएको सन्तान वा आफन्त पनि उसैगरी पिरोलिन्छ कतै मेरो आफन्तलाई कोरानाले सताउँछ कि ? हाम्रो समाजमा अहिले यो भाइरसका कारण दुबैतिर रहेकाहरुलाई मानसिक तनाव थपेको छ । अर्काेतिर हामी विपन्न मुलुकका नागरिक । यहाँ बिहान खाए बेलुका के खाउँ ? भन्नेकै बाहुल्यता छ । दैनिक काम गरेर पेट पाल्नुपर्नेहरु लक डाउनका कारण समस्यामा छन् । एकातिर जनमानसमा जीवन यापन कसरी गर्ने ?त्रास व्याप्त छ । अर्काेतिर रोग लागिहाल्ने हो कि भन्ने चिन्ताले डेरा जमाउन थालेको छ । केही विदेश जाने तरखरमा थिए । ऋृण काढेर विदेश उड्ने तयारीमा थिए । तिनीहरुलाई भय छ भोली के होला ? साहुको ऋृण अब कसरी तिर्ने ?
हरेक तप्का केही न केही समस्यालाई गाजिरहेको हुन्छ । कोही देखाउँछन् । कोही लुकाउँछन् । व्यापारीलाई एक खालको चिन्ता त्रास छ । उद्योगीको अर्कै खाले चिन्ता छ । मजदुरको आफ्नै खालको चिन्ता छ । चिन्ताले नछोएको मान्छे छैन् । पहिला २० देखि २५ प्रतिशतसम्म मानसिक रोगीहरु थिए । चिकित्सकीय भाषामा,मानसिक रोगीहरु तीन प्रकारका छन् कडा प्रकारको मानसिक रोगी । डिप्रेसनले गाँजेको रोगी र साधरण एन्जाइटी । हामीसँग भूकम्पको अनुभव छ । भूकम्प लगतै मानसिक रोगीहरुको संख्या ह्वात्तै बढेको थियो । पहिलादेखी नै मानसिक रोगको औषधि खाएकालाई मानसिक समस्या भूकम्प गएको समयमा बढेको थियो । मानसिक रोगको दबाई खाएर निको भएकाहरुमा समेत भूकम्प पछि समस्या बल्झिएको थियो ।
अहिले कोराना पछाडि पनि यो अनुपात बढ्न सक्छ । इमरजेन्सीमा मानसिक समस्या लिएर आउनेको संख्या बढिरहेको छ ।
लक डाउन नराम्रो होइन् । यो तपाई हामी,हाम्रो परिवार,समाज र देशका नागरिक बचाउनका लागि सरकारले चालेको कदम हो । यसलाई नकरात्मक रुपमा नसोचौं । नकरात्मक चिन्तन नगरौं । यही कारण सजक बनौं । मनमा सदैव सकरात्मक चिन्तन भरौं ।हामी जहिले पनि नकरात्मकता बढी हेर्छौ । कोरानाको एउटा पक्षलाई हेरिरहेका छौं वा नकरात्मक पक्षमा फोकस छौं । त्यही समयमा सामाजिक सञ्जालको दुरुपयोग भइरहेको छ । रोक्न सकिएको छैन् । एकातिर लक डाउनका कारण घरमा छौं । काम छैन् । मनमा नकरात्मक चिन्तन भरिएको छ । यही समयमा हामी नकरात्मक समाचारहरु हेरिरहेका छौं । पढिरहेका छौं । यसले झनै हामीलाई नकरात्मक बनाइरहेका छ । लक डाउनलाई हामीले जेलजस्तो ठानिरहेका छौं । तर यो त फिजिकल डिष्टान्समात्र गरेका हौं । हामी सामाजिक रुपमा जोडिन सक्छांै ।
निश्चय पनि यो जटिल परिस्थिती हो । तर हामी लामो समयदेखि परिवारलाई समय दिन पाएका थिएनौं । आज परिवारका साथमा छौं । परिवारलाई समय दिन पाएका छौं । सकरात्मक पाटो पनि हेरौं ।त्यही माथि कोराना संक्रमण भएका सबै व्यक्तिले ज्यानै गुमउँछन भन्ने पनि होइन् । सकरात्मक बनौं । उज्यालो र सम्भवनाको पक्षहरु खोजौं । जीवन उज्यालो नै देखिन्छ । उज्यालो खोज्यौं भने उज्यालो नै भेटिन्छ ।
टिप्पणीहरू