रुसले बेलायती प्रधानमन्त्रीमाथि प्रतिबन्ध लगायो

रुसले बेलायती प्रधानमन्त्रीमाथि प्रतिबन्ध लगायो

रुसले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलगायत उच्च अधिकारीहरुलाई रुस प्रवेशमा रोक लगाएको छ । बेलायती अधिकारीहरूले रुसविरुध्द कार्य गरेकाले उनीहरुमाथि प्रतिबन्ध लगाइएको जानकारी दिएको हो ।

रुसले आफूविरुद्ध लड्न बेलायतले युक्रेनलाई आर्थिक र सैन्य सहयोग गर्दैै आएको आरोप लगाएको छ । यसबीच अमेरिका र युरोपेली युनियनसँग निकट मुलुकहरुले रुसी कूटनीतिज्ञहरुलाई देश निकाला गर्दै आएका छन् ।

त्यसैको जवाफमा रुसले बेलायती प्रधानमन्त्री,विदेशमन्त्री र रक्षा मन्त्रीसहित उच्चअधिकारीहरूलाई रुस प्रवेशमा रोक लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

टिप्पणीहरू