उपराष्ट्रपतिलाई कहिल्यै नउड्ने हवाइजहाजमा चढाइयो

उपराष्ट्रपतिलाई कहिल्यै नउड्ने हवाइजहाजमा चढाइयो

काठमाडौँमा पहिलो पटक साइन्स एक्जिबिसन भएको छ । सिनामंगलस्थित एभिएसन म्युजियममा अहिले भर्खरै उक्त प्रदर्शनी शुरु भएको हो ।

कार्यक्रममा उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको छ । यसअघि क्याप्टेन बेद उप्रेती र उड्डयन संग्रहालयले संयुक्त रुपमा इच्छुक सबैलाई प्रदर्शनीमा उपस्थितिको लागि अनुरोध गरेका थिए ।

सबै पार्टपुर्जा झिकिएको र बाहिरबाट हेर्दा मात्र देखिने टर्किस एअरलाइन्सको दुर्घटनाग्रस्त हवाइजहाजमा उक्त कार्यक्रम गरिएको छ । प्रमुख अतिथि उपराष्ट्रपति पुनः त्यहि कहिल्यै नउड्ने हवाइजहाजमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुनुभएको हो ।

टिप्पणीहरू