तीन दर्जन सञ्चारमाध्यममाथि प्रेस काउन्सिलको डण्डा
निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई धमाधम कारबाही गर्न थालिएको छ । प्रेस काउन्सिल, नेपालको अनुगमन टोलीले गत चैत २६ गते यता ३५ वटा सञ्चारमाध्यमलाई कारबाही गरेको हो ।
तीमध्ये चार वटालाई २४ घण्टे स्पष्टिकरण सोधिएको थियो । दुईवटाले स्पष्टिकरण दिए पनि चित्तबुझ्दो नभएकाले प्रथम पृष्ठमा क्षमायाचना प्रकाशन गर्न लगाइएको छ ।
त्यसैगरी, दुई वटाले आगामी दिनमा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण नगर्ने र सजग रहने प्रतिबद्धता जनाएका छन् । छ पत्रपत्रिका, तीन रेडियो, पाँच टेलिभिजन र १४ अनलाइन गरि २८ वटालाई त्यस्तो कार्य नगर्न निर्देशन दिइएको छ ।
दुई वटा अनलाइनले निर्देशनपश्चात् पनि प्रतिकूल सामग्री पुनः सम्प्रेषण गरेको देखिएकाले सचेत गराइएको छ । चारवटा बेवपोर्टललाई सामग्री सम्प्रेषण गर्न नमिल्ने कारवाही गरिएको काउन्सिलले जनाएको छ ।
टिप्पणीहरू