प्रधानसेनपतिद्वारा निर्वाचनमा उत्कृण्ट कार्य सम्पादन गर्न निर्देशन
प्रधानसेनापति प्रभुराम शर्माले अर्को हप्ता हुने स्थानीय तह निर्वाचनमा नेपाल सरकारबाट प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गर्न नेपाली सेनाका सकल दर्जालाई निर्देशन दिनुभएको छ ।
तनहुँको रिसिङमा निर्वाचनको सुरक्षार्थ स्थापना गरिएको ‘कम्पनी अपरेटिङ वेस’ (सिओबी) को निरीक्षण क्रममा उहाँले उक्त निर्देशन दिनुभएको हो ।
सो अवसरमा प्रधानसेनापति शर्माले जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा निर्वाचन अधिकृतहरुसँग पनि अन्तरक्रिया गर्नुभएको थियो । उहाँले आजै रुपन्देहीको मझगावा इलाकामा रहेको ‘सिओवी’ को समेत निरीक्षण गर्नुभएको छ ।
प्रधान सेनापति शर्माले कास्कीको पोखरास्थित मध्यकमाण्ड हेडक्वार्टर र रुपन्देहीको सालझण्डीस्थित सैनिक ब्याटल स्कुलको पनि निरीक्षण गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
टिप्पणीहरू