नेपाली सेनाले फोहोर जम्मा पार्यो

नेपाली सेनाले फोहोर जम्मा पार्यो

नेपाली सेनाले चार वटा हिमालबाट १३ हजार ७ सय ८१ केजी फोहोर संकलन गरेको छ । जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्धेश्यले सेनाले चैत २२ गतेबाट सुरु गरेको ‘सफा हिमाल अभियान २०२२’ अन्तर्गत फोहोर संकलन गरेको हो ।

सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा र मनास्लु हिमाल क्षेत्रबाट उक्त फोहोर संकलन गरिएको सेनाले जनाएको छ । सेनाका अनुसार सगरमाथा/ल्होत्से हिमालबाट ४ हजार ९ सय ६८ केजी, कञ्चनजङ्गा हिमालबाट ५ हजार ९ सय ८९ केजी र मनास्लु हिमालबाट २ हजार ८ सय ६४ केजी फोहोर संकलन गरिएको छ ।

संकलन गरिएको फोहोरमध्ये १ हजार ५ सय १३ केजी सड्ने खालको रहेको छ भने १२ हजार २ सय ६८ केजी नकुहिने खालको रहेको छ ।

टिप्पणीहरू