अग्नी सिमेन्ट कारखानाभित्रै मजदुरको ज्यान गयो
रुपन्देहीमा करेण्ट लागेर एक जनाको ज्यान गएको छ । मायादेवी गाउँपालिका ६ स्थित अग्नी सिमेण्ट फ्याक्ट्रीमा काम गर्दै आएका निवास मुसलमानको करेण्ट लागेर ज्यान गएको हो ।
स्थानीय ३० वर्षीय मुसलमान मोटरबाट पानी तान्ने क्रममा घाइते भएको प्रहरीले जनाएको छ । घाइते भएपछि उनलाई उपचारार्थ भीम अस्पताल भैरहवा पुर्याए पनि उपचारको क्रममा मृत्यु भएको हो ।
बेथरीबाट खटिएको प्रहरी टोलीले उक्त घटनाको बारेमा थप अनुसन्धान गरिरहेको छ ।
टिप्पणीहरू