बसको ठक्करबाट पैदल यात्री सडकमा ढले, अस्पतालमा बिते

बसको ठक्करबाट पैदल यात्री सडकमा ढले, अस्पतालमा बिते

आज बिहान सवारी साधनको ठक्करबाट हेटौंडामा एक जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–९, कर्रा पुल नजिकै बसले ठक्कर दिँदा पैदल यात्री युवकको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते उनको उपचारको क्रममा हैटौंडा अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । अन्दाजी ३० बर्षका मृतकको पहिचान खुलेको छैन ।

घटनापछि बस प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

टिप्पणीहरू