लेखनाथ दाहाल

सरकार बनाउन कांग्रेस र माओवादीबीच छलफल भैरहेको खुलासा

प्रतिनिधि सभाको यो कार्यकाल सरकारमा नजाने सार्वजनिक घोषणा गरेको प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले नयाँ सत्ता समीकरण बनाउने कसरतमा रहेको खुलेको छ । गणतन्त्रको रक्षा र संविधान कार्यान्वयनका लागि नयाँ सहकार्यको खोजी भैरहेको सो पार्टीका सांसद तथा युवा नेता लेखनाथ दाहाल राजनले खुलासा गरेका हुन् । आज संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले गणतन्त्र पक्षधर दलबीचको सहकार्यामा नयाँ सरकारको प्रयास थालिएकाे बताए ।  प्रधानमन्त्री केपी ओली नेतृत्वको वर्तमान …