प्रा.डा. खड्ग केसी
खड्ग केसीलाई उपकुलपतिको जिम्मा
शिक्षाध्यक्ष (रेक्टर) प्रा.डा. खड्ग केसीलाई त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी दिइएको छ । उपकुलपति प्रा.डा. केशरजंग बरालले राजीनामा दिएपछि रिक्त रहेको उक्त पदमा कुलपति तथा प्रधानमन्त्री केपी ओलीले अर्को व्यवस्था नहुञ्जेलसम्म केसीलाई निमित्त तोकेका हुन् । प्रा.डा. केसीले प्रधानमन्त्री ओलीको औपचारिक पत्रसमेत प्राप्त गरिसकेको र भोलिबाटै कार्यभार सम्हाल्ने बताइएको छ । वर्तमान उपकुलपति बरालको सिफारिसमा तत्कालीन कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केसीला…