महाभ्रष्ट डिजीलाई विप्लव माओवादीद्वारा कार्यालयमै घेराबन्दी

महाभ्रष्ट डिजीलाई विप्लव माओवादीद्वारा कार्यालयमै घेराबन्दी

नेकपा माओवादीको विप्लव समूहले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई घेराउ गरेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं घोटाला गरिएको जनाउँदै आज प्राधिकरणको मुख्यालय घेराउ र नाराबाजी भएको छ । 

मध्यान्ह १२ बजेदेखि झण्डै एक घण्टासम्म प्राधिकरण घेराउ गरिएको हो । त्यतिञ्जेल प्राधिकरणभित्र जाउआउ गर्ने मूल ढोका बन्द गरिएको थियो । विमानस्थल निर्माणमा परियोजना प्रमुख रहेका महानिर्देशक अधिकारीविरुद्ध चर्का नारा लागेको छ । ‘नीतिगत भ्रष्टाचारीलाई कारबाही गर,एकीकृत जनक्रान्ति जिन्दावाद,प्रदीप अधिकारी राजीनामा दे’ नारा लगाएका नारासहित विप्लवका कार्यकर्ताले मुख्य भ्रष्टाचारी अधिकारी नै रहेको दाबी गरेका छन् । 

यसअघि पोखरा विमानस्थल निर्माणबारे अध्ययन गर्न गठित संसदीय उपसमितिले सम्भाव्यता अध्ययनदेखि निर्माण सम्पन्न हुँदासम्मको काममा संलग्नहरूमाथि अनुसन्धान र कारबाही गर्न सुझाव दिएको छ । संसद्को सार्वजनिक लेखा समितिले सांसद राजेन्द्र लिङ्देनको नेतृत्वमा गठन गरेको उपसमितिले विमानस्थल निर्माणमा भ्रष्टाचार भएकाले आवश्यक अनुसन्धान गर्न अख्तियारलाई निर्देशन दिनुपर्ने रायसहितको प्रतिवेदन दिएको छ ।

उपसमितिले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई तत्काल निलम्बन गरी अनुसन्धान अघि बढाउनसमेत सिफारिस गरेको छ । उनी २०७१ देखि २०७४ सम्म पोखरा विमानस्थल आयोजनाका प्रमुख थिए । २०७८ पछि महानिर्देशक रहेका उनीमाथि अख्तियारमा आधा दर्जन उजुरी यसअघि नै परेको छ । विमानस्थल निर्माणको क्रममा लागत अनुमान बढाएर अर्बौं भ्रष्टाचार गरिएको निश्कर्ष निकालिएको छ तर उनी ठूला नेताहरुलाई पालेको,क्रिकेट प्रतियोगिताको खर्च उपलब्ध गराएको  र केही पत्रकारलाई पालेको भरमा बच्दै आएका छन् ।

टिप्पणीहरू