भीमप्रसाद आचार्य

एमालेकै सांसद भन्छन् : बजेटमा गरिएको राजश्वको प्रस्ताव चुनौतिपूर्ण छ

सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले बजेटमा गरिएको राजश्व अनुमानित लक्ष्य चुनौतिपूर्ण रहेको बताएका छन् । प्रतिनिधि सभा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले उक्त धारणा राखेका हुन् । बजेट तुलनात्मक रुपमा यथार्थपरक देखिए पनि राजश्व संकलन भने चुनौतिपूर्ण रहेको आचार्यको भनाई छ ।  ‘बजेटमा अर्थमन्त्रीले स्रोत कसरी जुटाउने भनेर भन्नुभएको छ, राजश्वतर्फ १३ खर्ब १५ अर्ब जुटाउने भन्नुभएको छ । र राजश्वबाट …