ह्याट्रिक
‘ह्याट्रिक’ पछि भृकुटीमण्डपमा सपथ
नेकपा (एमाले)काे अध्यक्षमा ‘ह्याट्रिक’ गरेका केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ लिएका छन् । आज साँझ बन्दसत्रस्थलमा आयोजित एक कार्यक्रमबीच केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले ओलीलाई सपथ दिलाएका हुन् । सो क्रममा सुब्बाले ओलीलाई फूलको बुकी दिँदै सफल कार्यकालको शुभकामना समेत दिए । ओली लगातार तेस्रो पटक अध्यक्ष चयन भएका हुन् । १९ सदस्यीय पदाधिकारी र ३०१ सदस्यीय केन्द्रीय कमिटीमा समेत अधिकांश ओली समूहकै उम्मेद्वार निर्वाचित भएका छन्…