मोटरसाइकल चोरी

शहरबाट उडाउने, गाउँमा कुदाउने

काभ्रे जिल्लाको विकट पालिका खानीखोला, महाभारत, रोशी, तेमाल, चाैँरीदेउराली र भुम्लुका ग्रामीण क्षेत्रमा चल्ने अधिकांश मोटरसाइकल चोरीका हुने गरेको प्रहरी अनुसन्धानले पुष्टि गरेको छ । राजधानी उपत्यकासँगै काभ्रेपलाञ्चोक जिल्लाको व्यापारिक नगर बनेपाबाट अत्यधिक मोटरसाइकल तथा स्कुटर चोरी हुन थालेका छन् । इलाका प्रहरी कार्यालय बनेपाको तथ्यांकअनुसार चालु आर्थिक वर्षको २०८० भदौदेखि २०८१ जेठ ८ गतेसम्म बनेपा क्षेत्रबाट मात्रै ६९ वटा मोटरसाइकल तथा स्कुटर हराएका छन् । जसमध्ये १६ वटा फे…