मोटरसाइकल चोरीको आरोपमा समातिएका पाँच जनालाई अदालत लगियो

मोटरसाइकल चोरीको आरोपमा समातिएका पाँच जनालाई अदालत लगियो

मोरङमा मोटरसाइकल चोरी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । 

कटहरीका १९ वर्षीय प्रकाश सरदार, धनपालथानका २० वर्षीय दिपेशकुमार सरदार, २१ वर्षीय विजय सहनी, २५ वर्षीय जितेनकुमार राय र विराटनगरका २० वर्षीय रोहित चौधरीलाई प्रहरीले मोटरसाइकल चोरेको अभियोगमा समातेको हो । 

मोरङका विभिन्न स्थानबाट को.३० प ७६९२, को.२५ प १३२६ र को.३७ प १३२३ नम्बरको मोटरसाइकल चोरीमा उनीहरुको संलग्नता खुलेपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई आज नियन्त्रणमा लिएको हो । 

पक्राउ परेका पाँचै जनालाई जिल्ला अदालत मोरङबाट चोरी कसुरमा सात दिन म्याद थप अनुमति भई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू