मोरङमा मोटरसाइकल चोरको बिगबिगी

मोरङमा मोटरसाइकल चोरको बिगबिगी

मोरङमा मोटरसाइकल चोरीको आरोपमा पाँच जना पक्राउ परेका छन् । उनीहरुलाई विभिन्न स्थानबाट पक्रेर प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ परेकामा कटहरी गाउँपालिका ६ का १९ वर्षीय प्रकाश सरदार, धनपालथान गाउँपालिका ५ का २० वर्षीय दिपेशकुमार सरदार, धनपालथान गाउँपालिका ६ का २१ वर्षीय विजय सहनी र २५ वर्षीय जितेनकुमार रायसँगै विराटनगर महानगरपालिका ८ का २० वर्षीय रोहित चौधरी हुन् ।

उनीहरुले चोरेको को. ३० प ७६९२ नम्बरको आर १५, को. २५ प १३२६ नम्बरको पल्सर, को. ३७ प १३२३ नम्बरको ग्ल्यामर मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ । 

पक्राउ परेका सबैलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको  छ ।

टिप्पणीहरू