सरकार गठनमा ‘हलो अड्किए’ पछि प्रचण्ड र ओलीलाई चौधरीको फोन
सुदूरपश्चिम प्रदेशमा सरकार गठनको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टीले जेलमा रहेका आफ्ना नेता–कार्यकर्ता रिहाइको लिखित प्रतिबद्धता नगरेसम्म सत्ता गठबन्धनलाई समर्थन नदिने अडान लिएको छ । केन्द्रमा समेत त्यही अडान राखेर सरकारमा नगएको उन्मुक्ति सुदूरमा थप कसिलो देखिएको छ ।
सत्ता साझेदार दल माओवादी र एमालेका अध्यक्षसामु रेशम चौधरीलगायत टीकापुर घटनामा संलग्न रहेको आरोपमा जेलमा रहेका आफ्ना नेता कार्यकर्ता रिहाई गर्ने लिखित प्रतिबद्धता मागेको नागरिक उन्मुक्ति पार्टीले जनाएको…