समाचार

गोरखामा गजेन्द्र राई नयाँ राजा घोषित

गोरखामा गजेन्द्र राईलाई नयाँ राजा घोषणा गरिएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित दौडमा राई म्यान अफ दी गोरखा घोषित भएका हुन् । नेपाली सेनाका गजेन्द्र राई दौडेर राजा हुने परम्पराको सम्झनामा आयोजित पृथ्वी जयन्ती दौड प्रतियोगितामा प्रथम भएपछि उनलाई राजा घोषणा गरिएको हो । द्रव्य शाहले दौडेर राजा बनेको पस्लाङको चौतारादेखि गोरखा दरबारसम्म ८ किलोमीटर दौड राईले ३० मिनेट ६ सेकेण्डमा पूरा गरेका हुन् । उनलाई द्रव्य शाहको पगरीसहित पुरानो समयकै …

Page 1834 of 2007