प्रधानन्यायाधीशले नै जब निम्तो पाएनन्
साउन २७ गते बार काउन्सिलको स्थापना दिवसमा ३१ वर्षको इतिहास तोड्दै प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई बहिष्कार गरियो । राष्ट्रपति आउने कार्यक्रममै प्रधानन्यायाधीशलाई निमन्त्रणा पठाइएको थिएन । यसमा दुःख मनाउ गरिएको छ ।
बार काउन्सिलमा महान्यायाधिवक्ता अध्यक्ष र बार अध्यक्ष पदेन उपाध्यक्ष रहन्छन् । न्याय र कानुन क्षेत्रको अग्रणी संस्था बार काउन्सिलमै प्रधानन्यायाधीश राउतलाई नडाकिएको विषयले तरङ्ग उत्पन्न भइरहेका बेला न्यायाधीश नियुक्तिमा असन्तुष्ट बनेको नेपाल बारले आइतबार फेरि न्य…