उपसभामुखमाथि अर्को झ्याउलो
मानव तस्करीको आरोप लगाइएकी उपसभामुख इन्दिरा राना मगर थप राजनीतिक संकटमा पर्ने देखिएको छ । २०७९ माघ ७ गते उपसभामुख निर्वाचित भएयता १७ पटक विदेश भ्रमण गरेकोमा सात वटा मात्र स्वीकृत गराएको तथ्य खुलेपछि राना अप्ठेरोमा पर्ने निश्चित रहेको बताइन्छ । उपसभामुखले सभामुखको स्वीकृतमा मात्र विदेश भ्रमण गर्ने संसदीय अभ्यास रहँदै आएको छ ।
एमाले सचिव योगेश भट्टराईले प्रतिनिधि सभाको हिजोको बैठकमा उपसभामुख रानाको वैदेशिक भ्रमणबारे आशंका गर्दै प्रश्न उठाएका थिए । पार्टीका प्रमुख…