राष्ट्रपति, प्रधानमन्त्री र सभामुखविरुद्धको मुद्दा पेशीमा
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दा पेशी चढेको छ ।
न्यायाधीश सुनिलकुमार पोखरेलको इजलास नम्बर ८ मा मुद्दा सुनुवाई हुन लागेको हो । मुद्दा पेशी सूचिको पाँचौं नम्बरमा छ ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पनि प्रधानमन्त्री ओलीले विश्वासको मत नलिएको विषय उठाएर अधिवक्ता वीरेन्द्र केसीले हिजो रिट दर्ता गरेका थिए । सरकार काम चलाउमा परिणत भैसकेको जिकिर गर्दै रिटमा प्रतिशेधको आदेश मागिएको छ । …