हृदयन्द्रले बेल्चा हानेपछि बर्थिङ सेन्टर शिलान्यास
जुम्लाको गुठिचौर गाउँपालिकामा सुत्केरी सेवा केन्द्र (बर्थिङ सेन्टर) शिलान्यास गरिएको छ । हिमानी ट्रस्टले वडा नम्बर-१ स्थित मणिसाँघुमा उक्त बर्थिङ सेन्टर निर्माण गर्न लागेको हो ।
पूर्व युवराज्ञी हिमानी शाह र उनका छोरा हृदयन्द्रले एकसाथ भूमिपूजा गर्दै बर्थिङ सेन्टरको शिलान्यास गरे । भवन बनाउने ठाउँमा हृदयन्द्रले बेल्चा समातेर माटो फाले भने हिमानीले रातो अक्षता चढाइन् ।
हिमानी र हृदयन्द्र हिजो जुम्ला पुगेका हुन् । उनीहरुलाई त्यहाँ राप्रपाका नेता ज्ञानबहादुर शाही…