विगत सम्झेर भविष्य बनाउँदै बाबुराम
डाक्टर बाबुराम भट्टराई अध्यक्ष रहेको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले दशौँ स्थापना दिवस मनाउने भएको छ । जेठ ३० गते प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा विशेष कार्यक्रम गरी वर्षगाँठ मनाउने तयारीबारे फेसबुकमा पोष्टर सार्वजनिक गरेर जानकारी गराइएको छ ।
पछिलो समय राष्ट्रिय राजनीतिमा खासै चर्चामा नरहेको यस पार्टीको स्थापना दिवस समारोहलाई भव्य बनाउने पनि भनिएको छ । पार्टी नेताहरूका अनुसार यस अवसरमा विगत १० वर्षको राजनीतिक यात्रा, आगामी कार्यदिशा र वैकल्पिक शक्ति निर्…