राप्तीमा रोकिएनन् हरि, यस्तो अवस्था किन आउँछ घरिघरि ?
चितवनको राप्ती नगरपालिकामा पछिल्लो समय हाकिम टिकेका छैनन् । जनप्रतिनिधिहरुको आन्तरिक द्वन्द्वको चेपुवामा पर्ने गरेका कारण दुई-चार महिना भन्दा बढी प्रमुख प्रशासकीय अधिकृत टिक्नै नसक्ने अवस्था छ । २०७९ को निर्वाचन पश्चात् यो तीन वर्षमा आठ जना हाकिम फेरिइसकेका छन् । पछिल्लो पटक हरिप्रसाद अधिकारी पनि तीन महिनामै सरुवा मिलाएर फुत्किए ।
राप्ती नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा गत फागुन १८ देखि हाजिर हुन थालेका उनी केही हप्तापछि नै कार्यालय आउन छोडेका थिए । सरु…