अमेरिकाले पिठ्युँ फर्काउँदा नेपालमाथि बहुआयामिक असर
चर्को दबाब र प्रभावका बीच अघि बढेको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) सम्झौता अमेरिकाले एकपक्षीय रुपमा तोडेसँगै नेपालले ठूलो आर्थिक भार बहन गर्नुपर्ने देखिएको छ । राष्ट्रिय राजनीति नै ध्रुवीकृत हुनेगरी संघीय संसदबाट सम्झौता अनुमोदन भई ठेक्का प्रक्रियामा गैसकेको अवस्थामा स्थगित परियोजना अघि बढाउन नेपाललाई वार्षिक ३५ अर्ब आर्थिक भार थपिने भएको हो ।
२०७८ फागुन ८ गते प्रतिनिधिसभामा टेबल भएर त्यसको ७ दिनपछि सडकमा नाराबाजी र सदनको अवरोधबीच १२ बुँदे व्याख्यात्मक घोषणासहित…