मन्त्री र सचिव विदेश जाने,प्रदेश प्रमुखले अमेरिकामा उपचार गर्ने
मन्त्रिपरिषद्का पछिल्ला दुई बैठकले दुई दर्जन बढी निर्णय गरेको औपचारिक जानकारी दिइएको छ । तीमध्ये छ वटा निर्णय विदेश भ्रमणसँग सम्बन्धित छन् ।
जेठ ६ गतेदेखि ९ गतेसम्म अजरबैजानको बाकुमा हुने भ्रष्टाचार विरोधी कानुन कार्यान्वयनसम्बन्धी सम्मेलनमा भाग लिन अख्तियार आयुक्त हरि पौडेललाई स्वीकृति दिइएको छ । त्यस्तै जेठ १३ गतेदेखि १७ गतेसम्म जापानमा हुने प्रतिआतंकवादसम्बन्धी छलफलमा भाग लिन राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापालाई पठाउने निर्णय छ । थापासँगै…