वनभोज र तीर्थाटनबाट फर्केपछि आमाहरु दंङ्ग
विराटनगरका ३५ जना जेष्ठ आमाहरुले तीर्थयात्राबाट फर्केपछि खुशी साटेका छन् । विराटनगर महानगरपालिका ११ स्थित ज्येष्ठ नागरिक सेवा समाजले उनीहरुको तीर्थयात्राको व्यवस्थापन मिलाएको हो ।
समाजकी सदस्य समाजसेवी अनुजा कोइरालाका अनुसार ज्येष्ठ आमाहरुलाई चितवनस्थित देवघाटका विभिन्न मठमन्दिर, आश्रम, पूर्वी नवलपरासीका मौलाकालीका मन्दिर र शाश्वतधामको दर्शन गराइएको थियो ।
सामूहिक रुपमा तीर्थयात्रा गराउँदा आमाहरु निकै खुशी भएको अध्यक्ष कार्की बताउँछिन् । समाजले यसअघ…