यताको रोग अन्यत्र सर्दै, सार्वजनिक जग्गामा अतिक्रमण बढ्दै
मुलुकभरका स्थानीय तहका लागि सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण पछिल्लो समय टाउको दुखाईको विषय बन्दै गएको छ । सुकुम्बासीको नाममा हुकुम्बासीहरुले सार्वजनिक जग्गा अतिक्रमण गरेको पाइन्छ । संघीय राजधानी काठमाडौंमा सरकारी तथा सार्वजनिक जग्गा कब्जा गरेर बस्नेको संख्या तीन हजार बढी रहेको बताइन्छ।
वि.सं. २०३८ सालदेखि सरकारी तथा सार्वजनिक जग्गा कब्जा गरेर बस्दै आएका उनीहरुलाई हटाउन अवस्था निकै चुनौतीपूर्ण बन्दै गएको छ । पटकपटक प्रयासका बाबजुद पनि काठमाडौं महानगरपालिका उन…