कर्णाली लगातार दोस्रोपटक एभरेष्ट महिला भलिबल लिग च्याम्पियन
काठमाडौं । कर्णाली यश्विसले लगातार दोस्रोपटक वात्साल्या एभरेष्ट महिला भलिबल लिगको उपाधि जितेको छ । शनिबार बेलुकी सम्पन्न रोमाञ्चक फाइनल खेलमा ललितपुर क्विन्सलाई ३-२ को सेटमा पराजित गर्दै कर्णालीले लगातार दोस्रोपटक प्रतियोगिताको उपाधि जितेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप)को कभर्ड हलमा भएको फाइनल खेलमा कर्णालीले शुरुवाती दुई सेट जित्दै खेलमा उत्कृष्ट शुरुवात गरेको थियो । कर्णालीले पहिलो सेट २६-२४ र दोस्रो सेट २५-१७ ले आफ्नो पक्षमा पारेको थियो । त्यसपछि…