विध्वंसमा संलग्नहरू एकपछि अर्को पक्राउ
भदौ २४ गतेको जेन जी विध्वंशमा भएका तोडफोड र आगजनीका घटनामा संलग्न व्यक्तिहरूलाई चितवन प्रहरीले नियन्त्रणमा लिने क्रम बढेको छ । हालसम्म विभिन्न सरकारी कार्यालय र निजी सम्पत्तिमा भएको आक्रमणमा संलग्न रहेको आरोपमा २८ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार फोटो र भिडियोका आधारमा पहिचान गरिएका व्यक्तिहरूलाई क्रमशः पक्राउ गरिएकामध्ये १२ जनालाई हाजिरी जमानीमा रिहा गरिएको छ । १६ जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। पक्राउ परेकामध्ये केही व्यक्ति यसअघि ज्यान मार्ने प्रयास, लागुऔषध तस्करी, अभद्र व्यवहार जस्ता मुद्दामा दोषी ठहर भई सजाय भुक्तान गरिसकेका हुन् ।
जिल्लाका सरकारी कार्यालय तथा निजी घर जलेका वा तोडफोड भएकाहरूले क्षतिको विवरणसहित फोटो–भिडियो पठाउँदै तोडफोड, लुटपाट र आगजनीमा संलग्नको पहिचान र कारबाही माग गरेपछि प्रहरी पक्रन अघि बढेको हो । प्रहरीले समुदायमा हातहतियारसहित हिँड्ने, अराजकता फैलाउने ११ जनालाई अभद्र व्यवहारको मुद्दामा अनुसन्धान गरिरहेको छ ।
ठूलो आवाज निकालिएका ६१ वटा मोटरसाइकल बरामद गरिएको छ भने त्यस्तो काम गरेका तीन वटा वर्कसपका मालिक पनि प्रहरी कारबाहीमा परेका छन् ।

विराटनगर–५ का २२ वर्षीय विशाल बाल्मिकी, विराटनगर–९ का २७ वर्षीय गोपी साह, विराटनगर–९ का २० वर्षीय विष्णु साफी , विराटनगर–१४ का २४ वर्षीय राजेश यादव , जहदा–५ का २४ वर्षीय सुरज सिंह , जहदा–५ का २२ वर्षीय मुकेश कामत , जहदा–२ का ३० वर्षीय प्रवेश मण्डल , जहदा–३ का २५ वर्षीय सुशिल यादव, विराटनगर–६ का २४ वर्षीय चन्दन बर्मा , विराटनगर–६ का २९ वर्षीय किसन सहनी छन ।
यसैगरि मोरङको पथरी शनिश्चरे–१ का २३ वर्षीय चन्द्र कार्की २३ वर्षीय दिपक चौधरी, २५ वर्षीय मुकेश वराईली , १९ वर्षीय सिदार्थ राई,२६ वर्षीय मिथुन मण्डल शनिश्चरे–१ का २१ वर्षीय विश्वास थापा , उर्लाबारी–६ का २९ वर्षीय राजकुमार सहनी४५ वर्षीय उदय साह , ४० वर्षीय बब्लु साह ,३० वर्षीय मिलन राई र उर्लाबारी–७ का २४ वर्षीय रविन सुन्दास लगायत पक्राउ परेका छन् ।
टिप्पणीहरू