मधेशको राजनीतिक किचलोमा एकपछि अर्को गाँठो
मधेशमा प्रदेश सरकार गठनको विवाद थप चर्किदै गएको छ । प्रदेश सभामा प्रतिनिधित्व गर्ने विभिन्न सात दलले आज सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
कात्तिक २३ गते तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिँदै गर्दा सभामुख मण्डलले तत्कालीन माओवादी केन्द्रका सांसदहरु रहबर अन्सारी र माला कर्णलाई बोल्ने समय दिएर वातावरण बिगारेको दलहरुको आरोप छ । नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीसहित सात दलका ७४ सांसदहरुल…