जुवाको खालबाट दिलमायासहित दुई दर्जन समातिए

जुवाको खालबाट दिलमायासहित दुई दर्जन समातिए

काठमाडौँको कुलेश्वरबाट प्रहरीले जुवा खेलिरहेका २३ जनालाई पक्राउ गरेको छ । टेकुकी ४२ वर्षीया दिलमाया देउलासहित २३ जना हिजो दिउँसो जुवाको खालबाटै समातिएका हुन् । 

प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई कुलेश्वर गैरीशंकर बस्ने बसन्त सापकोटाको घरमा जुवा खेलिरहेको अवस्थामा फेला पारेको जनाइएको छ । प्रहरीले उनीहरुको साथबाट ५ लाख ३८ हजार २ सय रुपैयाँ नगदसहित ५ बुक तास बरामद गरेको छ । 

पक्राउ परेकाहरुमाथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ ।

टिप्पणीहरू