सेयरमा रमाउमे अमेरिकी बैंकहरु धमाधम धराशायी

सेयरमा रमाउमे अमेरिकी बैंकहरु धमाधम धराशायी

अमेरिकामा बैंकहरु टाट पल्टिनुलाई त्यति धेरै अचम्म मानिँदैन । अमेरिकी समाजमा बैंक तथा वित्तीय संस्थाको दिवालियापन र विद्यालय तथा अन्य सार्वजनिक स्थलमा हुने जथाभावी गोली प्रहारको घटनालाई सामान्य ठानिन्छ । 

विश्वकै ठूलो अर्थतन्त्र भएको मुलुकमा बैंकहरु टाट पल्टे पनि निक्षेपकर्ताको रकम भने डुब्दैन । अधिकांश निक्षेपको सुरक्षण गरिएकाले रकम फिर्ता गर्न सकिन्छ  । तर,विकसित मुलुकका बैंक डुब्दा आन्तरिक तथा वाह्य अर्थतन्त्रमा भने असर पर्ने निश्चित छ ।

क्यालिफोर्नियाको सिलिकन भ्याली बैंकले दुई दिनअघि आफ्नो बैँकिङ अपरेसन बन्द गरेर खारेजीमा जाने निर्णय लिएको थियो । नाफाको निम्ति बैंकले कमसल धितो, कमजोर व्यवसाय र मूल्य सिर्जना नगर्ने तर स्वामित्व हस्तान्तरणबाट मात्र पुँजिगत लाभको रुपमा अतिरिक्त नगद प्रवाह सिर्जना हुने सट्टेबाजी जस्ता क्षेत्रमा लगानी गरेको पाइएको छ । बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी गर्दा त्यसले मुलुकमा कुनै पनि समयमा ठूलो मात्राको आर्थिक तथा वित्तीय क्षति निम्त्याउन सक्ने अर्थशास्त्रको भविश्यवाणी पुनः एक पटक अमेरिकाबाटै पुष्टि भएको छ ।

यसअघि सिल्भरगेट क्यापिटल होल्डिङ नामक कम्पनी खोलेर रातारात नाफा कमाउन क्रिप्टो करेन्सीमा लगानी गरेको अमेरिकी बैंक सिल्भरगेट पनि डुबेको थियो । क्रिप्टोको मूल्यमा कमी आएसँगै उसले आश गरेको ठूलो पुँजी गुमायो । अस्तित्वको निम्ति बजारबाट पुँजी जुटाउन दुई महिनासम्म अथक प्रयत्न गरेको बताइन्छ ।

उक्त बैंकले अस्तित्वमा रहन चर्को ब्याजदरमा ऋणपत्र बिक्री गर्न खोज्यो,तर कसैले किनेनन् । उक्त घटनामा कम्पनी र लगानीकर्ताले अरबौं डलर गुमाएका थिए भने मुलुकले ठूलो पुँजी गुमाएको थियो । यस्ता सट्टेबाजी पासोले अन्ततः आफ्नै घाँटी कस्सिन सक्दछ भन्ने अनगिन्ती उदाहरण छन् । बैंकको हकमा यो पछिल्लो अमेरिकी उदाहरण सबैको निम्ति पाठ साबित भएको छ ।

तसर्थ पुँजीको सुरक्षा र स्थायित्वको निम्ति सट्टेबाजीमा गरिने लगानी निरुत्साहित गर्न राज्य निर्मम हुनुपर्ने नेपाल राष्ट्र बैंकका निर्देशक माधव दंगाल बताउँछन् । उनले सामाजिक सञ्जालमा सचेतनाको निम्ति तथ्यपूर्ण उदाहरण दिएका छन् । हाम्रो सन्दर्भमा नेपाली बैंक तथा वित्तीय संस्थाहरुले पनि घरजग्गालगायत जोखिमयुक्त क्षेत्रमा गरेको लगानीले भोलिका दिनमा समस्या नआउला भन्न सकिँदैन ।

 

टिप्पणीहरू