चन्द्र ढकालले छाडे निफ्रा

चन्द्र ढकालले छाडे निफ्रा

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सञ्चालक समिति सदस्य चन्द्रप्रसाद ढकालले राजीनामा दिएका छन् । आइएमई समूहका अध्यक्षसमेत रहेका ढकालले कार्यव्यस्तताको कारण देखाएर निफ्रामा नरहने निर्णय गरेका हुन् । 

आइएमई ग्रुपबाट निफ्राको प्रतिनिधि बनेका उनले हिजो राजीनामा पत्र बुझाएको बताइएको छ । राजीनामा आजदेखि लागु हुनेगरी बैंकले स्वीकृतसमेत गरिसकेको छ । 

‘आफ्नो कार्यव्यस्तता बढेको कारण समय अभाव भएकोले सञ्चालकको रुपमा रही कार्य गर्न असमर्थता जनाउँदै बैंकको सञ्चालक पदबाट दिनुभएको राजीनामा मिति २०७९–१२–७ गते बेलुका ५ बजे बसेको बैंक सञ्चालक समितिको १२३ औं बैठकले मिति २०७९–१२–८ गतेदेखि लागु हुनेगरी स्वीकृत गरेको व्यहोरा जानकारीको लागि अनुरोध छ’, बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

ढकालले राजीनामा दिएपछि अनुज अग्रवाल अध्यक्ष, श्रीकृष्ण नेपाल, लालमणी जोशी, शंकरप्रसाद अधिकारी, सुमन पोखरेल, लिमा अधिकारी आचार्य सदस्य रहनेगरी सञ्चालक समिति पुनर्गठन गरिएको छ ।
 

टिप्पणीहरू