४० बढी चलचित्रमा अभिनय गरेकी अभिनेत्रीले ४० वर्षमा लगनगाँठो कस्दै

४० बढी चलचित्रमा अभिनय गरेकी अभिनेत्रीले ४० वर्षमा लगनगाँठो कस्दै

अभिनेत्री नन्दिता केसीले लगनगाँठो कस्ने भएकी छन् । अमरिकामा बस्दै आएकी ४० वर्षीया केसीले उतै बस्ने अरविन्द्र कटवालसँग भोलि विवाह गर्न लागेकी हुन् । 

अर्घाचाँचीमा जन्मिएकी नन्दिताले गत सातामात्र आफ्नो सम्बन्धबारे खुलाएकी थिइन् । नन्दिता र अरविन्द्र विवाहको निम्ति हालै नेपाल आएका हुन् । 

रानीवनस्थित रेसु भिल्लामा हिजो मेहेन्दी सेरोमनी आयोजना गरिएको र औपचारिक विवाहको कार्यक्रम भोलिका लागि तय भएको जनाइएको छ ।

 

चलचित्र ’इन्द्रेणी’बाट डेब्यु गरेकी नन्दिताले ४० भन्दा बढी फिल्ममा काम गरिसकेकी छन् । तीमध्ये ’सपना’, ’निशाना’, ’तिर्खा’, ’बाटोमुनिको फूल’, ’जिन्दगानी दर्पण छायाँ’, ’भरोसा’ सफल चलचित्र मानिन्छन् ।

टिप्पणीहरू